एक्सक्लुसिभ भिडियो ताजा समाचार

बरिष्ट गायिका रुदै अमेरिका उडिन् !कसले बनायो उ‘ठिवास(भि‘डियो)

काठमाडौं । चर्चित लोकदोहोरी गायिका बीमा कुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेकी छन् । केही दिनअघि उनी श्रीमानसहित अमेरिका

को न्युयोर्क पुगेकी हुन् ।उनी निकट स्रोतका अनुसार दुरा दम्पती अब न्युयोर्कमा छोरी सँगै बस्ने निर्णयका साथ अमे रिका हान्निएका हुन् । उनकी छोरी चार वर्षदेखि अमेरिका

मा बस्दै आएकी छन् ।अमेरिका उड्नुअघि टिकटकमा मर्मस्पर्शी भिडियो पोस्ट गर्दै उनले बाध्यताले देश छाडेर जान लागेको बताएकी छन् । उक्त भिडियोमा उनी भावुक

सुनिएकी छन् ।भिडियोमा दुराले भनेकी छन्, ‘मेरै देशले जन्मा यो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मला ई सिन्दूर पहिर्‍यायो ।   तर बाध्यता पनि यस्तो कि यस्तो

कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् ।म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ ।

मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाल लाई । तर न्याय कहाँ छ भन्न चाहन्छु ।’न्युयोर्क पुगेर पनि दुराले भिडियो पोस्ट गरेकी छन् ।केही समयअघि उनी

घरमा घर बिक्रीमा ठगिएको समाचार बाहिरिएको थियो । गोंगबुमा आफूले निर्माण गरेको पाँचतले   घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगिएको उल्लेख छ पछिल्ला

अन्तर्वार्तामा दुरा निकै भक्कानिएको देखिन्छ । एक महिनाअघिको एक अन्तर्वार्तामा उनले आफू एक वर्षदेखि राम्रो सँग नसुतेको बताएकी छन् । केही दिनअघि फेसबुक

मा समेत स्टाटस लेख्दै उनले म ठगिए पनि नेपाली जनता नठगिउन् भनेर उल्लेख गरेकी थिइन् ।लमजुङको दुराडाँडा मा जन्मिएकी दुरा कुनै समयकी नम्बर एक लोकदोहोरी

गायिका हुन् । छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कश्मीरमा,हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती

बालेको, दमौलीमा गेट उनका चर्चित गीत हुन् विमाकुमारी लाई कसले ठग्यो किन कोहि बोल्दैन ।

Facebook Comments Box