एक्सक्लुसिभ भिडियो ताजा समाचार

महिनावारी भएका बेला महिलालाई बिदामा बस्ने नीति ल्याउँछौँ : सुनिता डंगोल( भिडियो)

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमाले का तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भएकाले

उनीहरुलाई विदामा बस्न मिल्ने नीति तथा कार्यक्रम ल्याउने योजना रहेको बताइन्।आईतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित

एक कार्यक्रममा बोल्दै उनले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।उनले भनिन्, ‘कार्यस्थलमा महिलाहरु

लाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौँ। महिनावारी को समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ। त्यो गाह्रो महिला बाहेक पुरुषहरुले कमै मात्र बुझ्नु

हुन्छ होला। विशेषगरी महिनावारीको समयमा हामीले विदाका लागि कसरी प्रबन्ध गर्न सक्छौँ, त्यसका लागि नीति र कार्यक्रमहरु ल्याउनेछौँ।’कार्यक्रममा बोल्दै मेयरका

उम्मेदवार केशव स्थापितले आफू मेयर भएको भोलिपल्ट बाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने बताए।उम्मेदवार स्थापितले निर्वाचन पश्चात

देशका विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौं मा संरक्षण गर्न अगुवाई गर्ने र आफू रमाइलोमा भन्दापनि महानगरवासीको सेवामा लागि पर्ने जानकारी दिए। अब

थप महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भए काले उनीहरुलाई विदामा बस्न मिल्ने नीति तथा कार्यक्रम ल्याउने योजना रहेको बताइन्।आईतबार अन्तर्राष्ट्रिय

श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजितएक कार्यक्रममा बोल्दै उनले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धताहरु समेत व्यक्त गरिन्

Facebook Comments Box