भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी नीजी भ्रमणमा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमा नबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए ।
यहाँ गएको भिडियोले नेपालका साथै भारतमा पनि चर्चा बटुलेको छ । यो भिडियो सेयर गर्दै भाजपाले कांग्रेस र राहु ल गान्धीमाथि हमला गरेका छन् ।भाजपा प्रवक्ता शहजाद पूनावालाले भने, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो ।
तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्था नमा कांग्रेसको सरकार छ, राजस्था न जलिरहेको छ । यसमा थि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्ल बमा पार्टी गरिरहेको देखिएका छन् ।
जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’पूनावा लाले थपे, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ ।
उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन् ।’
पहचान कौन ? Who are they ? pic.twitter.com/IDKBkjSg5A
— Kapil Mishra (@KapilMishra_IND) May 3, 2022
भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले राहुल गान्धीको भिडियो सेयर गर्दै लेखेका छन्, ‘पार्टी, होलिडे, प्लेजर ट्रिप, प्राइभेट फरेन भिजिट आदि अब देशका लागि कुनै नयाँ कुरा होइन ।’कपिल मिश्राको निशानाः
उता भाजपाका अर्का नेता कपिल मिश्राले ट्वीट गर्दै भने, ‘यो राहुल गान्धीको नीजि जीवनको मामिला होइन । राहुल गान्धी कोसँग छन् ? के चीनको एजेन्टसँग छन् ? राहुल गान्धीले सेना विरुद्ध जुन ट्वीट गर्छन् के त्यो चीनको दबाबमा गर्छन् ?
प्रश्न त सोधिन्छन्, प्रश्न राहुल गान्धीको मात्रै होइन, देशको हो ।’यस्तै भाजपाका सोसल मिडिया इन्चार्ज अमित मालवीयले ट्वीट गरे, ‘जब मुम्बईमा हमला भएको थियो, त्यतिबेला राहुल गान्धी नाइटक्लबमा थिए ।
आज जब उनको पार्टी संकटमा छ, त्यतिबेला पनि उनी नाइटक्लबमा नै छन् । यसमा निरन्तरता छ ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***