जिल्ला कारागार तनहुँमा पल शाहलाई भेट्न प्रकाश सुवेदी र दुर्गेश थापा पुगेका छन्। लगभग आधी घन्टाको भेटघाट पश्चात् दुर्गेश थापा , प्रकाश सुवेदी र निर्माता
राजेश खताङहरू बाहिर निस्किएका छन्।’ धेरै दिन देखी पल भाइलाई भेट्न जाने भेट्न जाने भन्दा भन्दै कति चोटी प्रोग्राम बनाउँदै क्यान्सिल गर्दै गरेको थिएँ ।’त्यसैले अब यो
छोरीको विवाहको ब्रेकको टाइममा भेटी हाल्नु पर्छ भनेर आज यहाँ आएको नत्र भने प्रोग्राम सुरु भैहाल्छ अनि दिनचर्या त पुरै व्यस्त भइन्छ। अनि आएर भेटेपछि भित्र
दुर्गेश भाई पनि भेट्न आउनु भयेको रहेछ पल भाइलाई वहाँ सँग पनि भेट भइहाल्यो’ भन्छन् प्रकाश सुवेदी।यत्रो लामो समय पछि पल शाहलाई भेट्दा कस्तो परिवर्तन
पाउनु भयो वहाँमा भनेर सोध्दा प्रकाश सुवेदी यसो भन्छन्,’ भेट्दा खेरि धेरै दिन पछि हेर्दा एक प्रकारको अनौठो किसिमको लाग्यो अनि दुब्लो हो कि भनेको
कपाल कटेकाले गर्दा दुब्लो हुनु भएको रहेछ। लगभग भित्र ४५ मिनेट जति भेटवार्ता अनि प्रश्न सोध्ने काम भयो भित्र।’वहाँमा अलिकति पनि निराशपन देखिन मैले चै पुरै
प्रफुल्लित मुद्रामा हुनुहुन्छ पल भाई। त्या नाइके हरू हुनुहुँदो रहेछ अनि अरू कैदीहरु सँग कुरा गर्दा पनि त्यहाँ घर भन्दा राम्रो वातावरण रहेको बताउनु भएको थियो
मलाई। सबै जना चप्पल बाहिरै खोलेर मात्रै भित्र जाने नियम भएकाले भित्र पनि राम्रो बस्ने वातावरण रहेको रहेछ।’२२ गतेका लागि राखिएको पल शाह प्रकरणको
पेशी फेरि स्थानिय निर्वाचनका कारण सरेको छ। यो सहित गरेर तेस्रो पटक पेशी सारिएको रहेछ त्यही कारण अब अर्को पटक पेशी सार्ने छुट वकिललाई दिइने छैन।
अब लगभग जेठको पहिलो हप्ता भित्र पल शाहको पेशी हुने जानकारी समेत प्रकाश सुवेदीलाई दिएका रहेछन् पल शाहले।प्रकाश सुवेदीलाई तपाईं र दुर्गेश थापाको सित युद्ध
थियो अहिले त सँगै उभिनु भयेको छ भनेर भन्दा उनी यसो भन्छन्,’ मेरो कोहि कसै सँग सित युद्ध थिएन अब कार्यक्रममा त अलिकति घोचपेच भैहाल्छ तर त्यो ल्याउने
क्रममा वहाँलाई पर्न मात्रै गएको हो जुनवेला त्यो कुरा भयो अब सकियो।’