ताजा समाचार

अब हेलिकप्टरबाट बीऊ छर्ने, ३६५ दिन नै जनतालाई दसैँ

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै अहिले उम्मेदवार हरूले आफ्ना घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।यस्तैमा डडेलधुराको भागेश्वरका स्वतन्त्र उम्मेदवार खडक

ठकुराठीले सार्वजनिक गरेको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।घोषणापत्रमा हेलिकप्टर बाट बीऊ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दसैँ

मनाउने विषय समेटिएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।नेकपा एमालेले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका ठकुराठीले आफ्नो घोषणापत्रमा

कृषिलाई महत्त्वपूर्ण प्राथमिकतामा राखिएको छ । जसमा उनले भागेश्ववर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बीऊ छर्ने र हेलिकप्टरबाटै

सिचाइको व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।नेपाल प्रेससँग कुरा गर्दै उनले घोषणापत्रमा समेटिएका विषयहरू आफूले पाँच वर्षमा पूरा गर्ने दाबी गरे ।उनले भने, ‘यो मेरो

एजेण्डा नै हो । यो जिल्लाबाट पटक पटक प्रधानमन्त्री भएका व्यक्तिले पनि केही गर्न सकेनन् म गर्छु । हेलिकप्टर बाट बीऊ छर्ने प्रविधि चीन र कङ्गोमा प्रयोगमा आएको छ

यहाँ पनि हुन्छ ।’यस्तै उनले जनतालाई सुख, समृद्धि र शान्तिको प्रत्याभूति दिलाएर ३६५ दिन नै दसैँ मनाउने वातावरण मिलाउने पनि दाबी गरेका छन् ।यस्तै गौरिबगड

देखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्ष भित्र सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाउने घोषणा पनि गरेका छन् ।

Facebook Comments Box