ताजा समाचार

प्रदेश सभा सदस्यबाट एमालेका सांसद पाण्डे राजिनामा लिएपछी कांग्रेसमा प्रवेश

लुम्बिनी  प्र’देश सभा सदस्यबाट राजीनामा दिएका एमाले का सांसद  दृगनारायण  पाण्डे  नेपाली कांग्रेसमा प्रवेश गरे का छन् । उनलाई  कांग्रेस  उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने नि’र्णय गरेको छ। सोम बार  गठबन्धनले  बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दल का नेताले खादा लगाएर स्वागत गरे।

उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोष णा गरे।पत्रकार  सम्मेलनमा  बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार  कानोडियाले  पाण्डे पुरानै घरमा फर्किए को बताए।  उनले  जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार  बनाउने  र  चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए।

माओवादीबाट  राष्ट्रिय  सभा  सदस्य   बनेका   चन्द्रबहादुर खड्काको  ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदैछ।पाण्डे ले आइतबार प्र’देश  सभा   सदस्यबाट   राजीनामा दिएका थिए।  कांग्रसबाट लामो समय राजनीति गरेका उनी चुनाव का बेला एमालेमा प्रवेश गरेका थिए।

कपिलवस्तुको  निर्वाचन  क्षेत्र  नम्बर  २ को एकबाट उनले चुनाव  जितेका  थिए।  उनलाई  एमालेले  प्र’देश   सभाको सामाजिक  समिति  सभापति समेत बनाएको थियो।प्र’देश सभा सदस्य  त्यागेका  पाण्डेले एमालेको तानाशाही प्रवृत्ति मन  नपरेकाले  सदस्य  पदबाटै राजीनामा दिएर कांग्रेसमा फर्किएको बताए।

मैले सदन  र  संसदीय  दलमा पटक पटक व्यक्तिगत स्वार्थ को साटो  जनताको हित हेरौं भनेर कुरा  राखेको थिए। तर मेरो कुरा सुनिएन।  त्यसैले  दिक्क भएर राजीनामा दिएको थिएँ,  उनले  भने।  पाण्डेले  अबको  राजनीति कांग्रेसबाटै गर्ने र जनताको सेवा गर्ने बताए।श्रोत:कान्तिपुर

Facebook Comments Box