काठमाडौं । चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल यले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रा लयले जनाएको छ ।
दक्षिण एसियाली मुलुक को विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । एक साता अघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो ।चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।
साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसकेको छ ।कोभिड संक ट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठ कमा चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २ हजार सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भए को छ ।
सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३०भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्ग बाट भन्दा स्थलमार्गबाटै सिलिन्डर ल्याउन सहज हुनेभ भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।
यो पनि! को’रो’ना जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा का क्रममा काठमाडौं भित्रिने र बाहिरिने नागढुङ्गा नाकामा पनि कडाइ गरिएको छ । नागढुङ्गा नाकाबाट अत्यावश्यक बाहेकका सवारी साधानलाई प्रवेशमा रोक लगाइएको छ नाकाबाट सबै भन्दा धेरै एम्वुलेन्स काठमाडौं प्रवेश गरेको थानकोट प्रहरीले जनाएको छ । त्यस्तै खाद्य सामग्री बोके का सवारी साधान र अत्यावश्यक कामका लागि आएका केहि निजी सवारीलाई पनि उपत्यका प्रवेश गराइएको छ ।
साँझ भने समस्यमा परेका सर्वसाधारणलाई गन्तव्यमा पुराउन केही सार्वजनिक बस काठमाडौंबाट बाहिरिने गरे को छ । निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक सेवाको सवा री साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न अनु मित दिने व्यवस्था गरिएको छ । श्रोत:news24nepal