काठमाडौंँ । प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवा ला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् ।
सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।हालै इन्स्टाग्राम मा उनले एक बेबीबम्पवाला तस्बिर पोष्ट गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ ।
उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।तस्बि र उनले विदेशी नक्कल गर्दै बनाए की हुन् । जसले एकैसाथ गाली र प्रशंसा दुबै पाइरहेको छ । तस्बिरका कारण उनी ट्रोलको निसानामा समेत परेकी छन् ।
कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आ’रो’प समेत लगाएका छन् । तस्बिरमा सर्वसाधारणले दिएको प्रतिक्रि यामा प्रियंका भने चुप छिन् ।
प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । विवाह पछि भने उनी अभिनयभन्दा समाज सेवामा सक्रिय देखिँदै आएकी छन् ।श्रोत:रातोपाटि