ताजा समाचार स्वास्थ्य

अक्सिजनको स’हज व्यवस्थापनका लागि तयारी अवस्थामा र’हन नि’र्देशन

काठमाडौ – स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले प्रा’णवायु (अक्सि”जन)को स’हज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई नि’र्देशन दिएको छ । मन्त्रालयले को”भिड–१९ को स’ङ्क्र”मणको दोस्रो लहर बढेसँगै अ’क्सिजन अ’भाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न नि’र्देशन दिएको हो ।

म’न्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भे’रियन्टसहितको स’ङ्क्रमणको दोस्रो लहर फै’लिएसँगै ज’टिल अवस्थाका स’ङ्क्रमितको उपचारका लागि अक्सिजन आ’वश्यक पर्ने भएकाले स’हज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उनले अस्पताललाई खाली सि’लिन्डर मौ’ज्दात (होल्ड) नराख्न, आफूसँग भएको सि’लिन्डर समयमा नै भर्नसमेत आ’ग्रह गरेका छन् । साथै मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अ’नावश्यक रुपमा जो’खिम तरिकाले स’ञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत आ’ग्रह गरेको छ ।

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अ’क्सिजन प्लान्ट ज’डान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्ष’मता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत ज’डान गरिएको छ ।

उनका अनुसार अहिले अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन विक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । नेपालमा अक्सिजन ग्यास प्र’शस्त भए पनि अक्सिजन सिलिन्डरको अ’भाव रहेको मन्त्रालयले ज’नाएको छ ।

Facebook Comments Box