ताजा समाचार

महन्थले सुरु गरे हस्ताक्षर अभियान, सांसद र केन्द्रीय सदस्यलाई तुरुन्त काठमाडौँ आउन टेलिफोन

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  वैशाख २७ गते संसदमा विश्वासको  मत  लिने नि’र्णय   गरेपछि जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको व्यस्तता एकाएक बढेको छ ।केपी ओलीसँग  नरम  देखिएको जसपा (महन्थ ठाकुर पक्ष) ले  कार्यकारिणी  समितिका  सदस्य  र  सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।

काठमाडौँमा  रहेका  कार्यकारिणी  सदस्य  तथा सांसदको हस्ताक्षर  संकलन  सुरु भएको छ भने उपत्यका बाहिर रहे का  कार्यकारिणी  सदस्य  र  सांसदलाई  आज  साँझसम्म काठमाडौं  आइपुग्न निर्देशन  दिइएको छ ।जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले (महन्थ ठाकुर निकट) पार्टीका  अध्यक्ष  महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र  सांसदहरुलाई  फोन गरेर जानकारी संकलन गरि रहेको जसपाका एक सांसदले बताए ।

उनले   भने  प्रदीप   पाठकजीले  मलाई  फोन   गर्नुभएको थियो, कहाँ  हुनुहुन्छ  सोध्नुभयो, मैले गाउँमा छु भन्दा उहाँ ले  सोमबार  साँझसम्म  जसरी  पनि  काठमाडौँ  आउनका लागि  अध्यक्षज्युले  भन्नुभएको छ भन्नुभयो ।पार्टी अध्यक्ष कै  निर्देशन  छ  भने  आउनैप-यो भन्दै काठमाडौँका लागि हिँडेको उनले बताए ।

जसपाका  अध्यक्ष  उपेन्द्र  यादवले  यसअघि कार्यकारिणी सदस्य  र  सांसदको  हस्ताक्षर  गरेर   लुम्बिनीका चारजना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारवाही गरिसकेका छन् । साथै  प्रधानमन्त्री  केपी  शर्मा ओलीमाथि अविश्वास को  प्रस्ताव  दर्ता  गराउने  प्रयोजनका  लागि  पनि उपेन्द्र–बाबुराम पक्षले हस्ताक्षर संकलन गरेको नेताहरु बताउँछन् ।

त्यसैगरी अर्का अध्यक्ष महन्थ ठाकुरले पनि केपी ओलीको पक्षमा आफ्ना  पक्षका  सांसद  तथा पार्टीका कार्यकारिणी समितिका  सदस्यहरुको  हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् ।प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता गरेपछि जसपाको ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने संकेत देखि एको छ  । विश्वासको  मतका  लागि   प्रधानमन्त्री ओलीले प्रकृया सुरु गरेपछि महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने नेताहरु बताउँछन् ।

जसपामा  ३४  जना  सांसद  छन्  त्यसमध्ये  रेशम  चौधरी जेलमा  छन् भने  हरिनारायण  रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेका ३२ मध्ये १६ जना  सांसद उपेन्द्र यादव नेतृत्वको  पूर्व  समाजवादी  पार्टीको  रहेका   छन् भने १६ जना  महन्थ  ठाकुर नेतृत्वका  पूर्वराजपासँग छन् ।पूर्वराज पाका  १६ जनामध्ये २ जना पूर्वसमाजवादी पार्टीतिर लागे को स्पष्ट भएको छ ।

उता  पू’र्वराजपावालाहरुले  ७÷८  जना पूर्वसमाजवादीका सांसदहरु  आफूतिर  आउने  दाबी गरेका छन् । तर अहिले सम्म  त्यो निश्चित  भएको छैन ।  जसपाको  ५१  सदस्यीय कार्यकारिणी  समितिमा २५ जना  पूर्वसमाजवादी पार्टीका छन् भने २६ जना पू’र्वराजपाका छन् । तर, पू’र्वराजपाबाट तीनजनाले  पू’र्वसमाजवादी पार्टीलाई साथ दिएका कारण पार्टीभित्र बाबुराम–उपेन्द्र पक्षको बहुमतमा देखिएको छ ।

तर  जसपाका  अध्यक्ष महन्थ ठाकुरले बहुमत पु-याउनका लागि  हरसम्भव  प्रयास  गरिरहेका  छन् ।  त्यसका  लागि कार्यकारिणी  समितिका  नेता  तथा सांसदहरुलाई काठमा डौं  डाकेका  हुन्  सोमबार  साँझसम्म  सबैजना काठमाडौं आइसकेपछि मंगलबार जसपाको पार्टी कार्यालय बबरमह लमा ठाकुर  पक्षले  बैठक बोलाएको स्रोतले रातोपाटीलाई बतायो।श्रोत:रातोपाटि

Facebook Comments Box