कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यव सायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ । अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रति पिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो, विभागका प्रवक्ता शिवराज सेढार्इंले भने, बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कारबाही गरिरहेका छौं । अब को अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए ।
विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।खरि द र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपारदर्शिता हो ।
यसले मूल्यमा धेरै असर पार्छ उनले भने । ती स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिल बीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्म लाई ५ हजारका दरले जरिवाना गरिएको छ । विभागले शुक्रबार नै भक्तपुरमा रहेको हिमालयन लाइफ केयर इन्डस्ट्रिजमा पनि अनुगमन गरेको थियो ।
त्यस क्रममा कम्पनीले थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसाका दरले बिक्री गरेको पाइएको थियो । कम्पनीले ४५ पिसको प्याकेट बनाई बिक्री गरिरहेको पनि भेटिएको थियो । ‘दैनिक करिब १ लाख ५० हजार पिस मास्क उत्पा दन गर्ने क्षमता रहेको उक्त उद्योगले मुनाफा राखेर थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसामा बेचेको बिल देखि यो । तर प्याकेटमा मूल्यसूची राखेको थिएन ।
एमआरपी नभएपछि खुद्रामा चलखेल हुन सक्छ सेढाईंले भने, ‘त्यही कारणले हिमालयनलाई पनि उपभोक्ता संरक्ष ण ऐन, २०७ ५ को दफा ३८ (ट) अनुसारको कसुरमा ऐन को दफा ३९ (१) (घ) बमोजिम ५० हजार जरिवाना गरिए को हो । विभागले आइतबार पनि त्रिपुरेश्वरमा रहेको अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सप्लायर्सले मास्कमा दोब्बर मूल्य लिएकाले जरिवाना गरिएको विभागले जनाएको छ ।
प्रतिपिस ४.४६ मा थोक खरिद गरेकामा ८.३८ रुपैयाँमा बिक्री गरेको देखियो सेढार्इंले भने । मास्कको मूल्य मनपरी भए पनि विभागले मूल्य तोक्न सक्दैन । अहिले विशेष परिस्थिति भएकाले गुणस्तर छुट्याउने सोही अनुसा र मास्कको वर्गीकरण गरेर उत्पादन र खुद्रा मूल्य निर्धारण गर्नुपर्ने जानकारहरू बताउँछन् । यसले ठगीबाट केही हद सम्म बच्न सकिने विभागका कर्मचारीको भनाइ छ ।
मास्क, सेनिटाइजर , स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरी दैनिक ३ टोली अनुगमनमा खटाइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । अहिले सबैलाई मास्क चाहिएको छ । सर्जिकल स्टोरले २ रुपैयाँको मास्क १० रुपैयाँमा बिक्री गरिरहेका छन्, उनले भने सबै पसलमा अनुगमन र कारबाही गर्न नसके पनि सांकेतिक रूपमा सबैलाई कानुनी दायरामा ल्याइरहेका छौं ।बजारमा प्रभाव कारिता ल्याउन स्थानीय प्रशासन, निकाय, खाद्य विभागले पनि अनुगमन गर्नुपर्ने उनले बताए ।श्रोत:कान्तिपुर