ताजा समाचार

प्रहरी चौकी बनाउन १ रोपनी जग्गा सहयोग

काठमाडौं । रामेछापको  खाँडादेवी  गाउँपालिका– १   मा प्रहरी चौकीको  भवन नि’र्माण गर्न स्थानीय थलमान माझी का ८ भाइले  जग्गा दिएका छन् । लुभुघाट प्रहरी चौकीको भवन बनाउन  थलमानसहित ८ भाईले १ रोपनी जग्गा सह योग गरेका  हुन् । आइतबार  मालपोत  कार्यालय रामेछाप बाट प्रहरी चौकीको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएको प्रहरी  चौकी  लुभघाटका  प्रहरी  सहायक निरिक्षक केदार बावु कार्कीले रातोपाटीलाई बताए ।

थलमानसहित  मोहन  कुमार  माझी, खड्क बहादुर माझी पुर्ण बहादुर माझी, धनबीर माझी, वीर बहादुर र शिर बहादु रसहित ८  भाईले सो  जग्गा दान गरेका हुन् । दिवंगत बावु आमा डण्डे माझी , फुलमाया  माझी र कृष्णमाया माझीको संझनामा  जग्गा दान गरेको माझी परिवारले बताएका छन् । माझी प रिवारले जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्या लय रामेछापका  डिएसपी  नवराज ढुंगानालाई हस्तान्तरण गरेका छन् ।

लुभुघाटस्थित  माझी बस्तीसँगै रहेको जग्गा खाँडोदेवी गाउँ पालिकाले सम्याइदिने  भएको  छ आगामी साउनमा बजेट को   व्यवस्थापन  गरेर  भवन  नि’र्माण  शुरु गरिने जिल्ला प्रहरी  कार्यालय   रामेछापले  जनाएको  छ ।  सुनापती  र खाँडादेवी  गाउँपालिकाको  ठूलो  क्षेत्रमा शान्ति सुरक्षा हेर्ने जिम्मा पाएको लुभुघाट चौकी वर्षौंदेखि भवन विहिन छ ।

यो पनि पढ्नुहोस! व्यास  नगरपालिका –१४ स्थित छाब्दी मा बिहे भोज खाएर  करिब ३५ जना  बिरामी परेका छन् । स्थानीयवासी  शरणहरि  पन्थको  घरमा  बिहेभोज  खाएर फर्केका व्यक्ति  बिरामी परेका हुन् ।बिरामी परेका व्यक्तिमा पखाला,  बान्ता र  कसै  कसैलाई ज्वरो आउने लगायतका लक्षण देखिएको बताइएको छ ।

शुक्रबार  बिहेपश्चात  शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको  छाब्दीस्थित  सहारा  हेल्थ  केयरका   स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले  जानकारी दिए । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइ रहेको उनले बताए ।

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी को’रो’ना परीक्षण गर्ने  गरी नगरपालिकाको स्वास्थ्य  शाखामा  नामावली  पठाइएको उनले बताए नगर पालिका  का  स्वास्थ्य  प्र’मुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए।श्रोत:रातोपाटि

Facebook Comments Box