अन्तरास्ट्रिय ताजा समाचार

दुईभन्दा बढी केटिसंग बिहे गर्न नमाने पुरुष जेल जानुपर्ने ! आयो यस्तो खबर

काठमाडौं, १८ जेठ :नेपाल एउटा यस्तो देश हो, जहाँ कसैले दोस्रो विवाह गर्न चाहेमा पहिलो पत्नीसँग सम्बन्धविच्छेद गर्नु पर्छ । तर विश्वमा यस्ता केही ठाउँहरू छन्, जहाँ तपाइँ कानूनी रूपमा एक भन्दा बढी विवाह गर्न सक्नुहुन्छ ।

आज हामी तपाईलाई त्यो देशको बारेमा बता उन गइरहेका छौँ, जहाँ एकसाथ बहुविवाह गर्न सकिन्छ । त्यहाँ हरेक पुरुषले दुई वा त्यो भन्दा बढी विवाह गर्नुपर्छ । त्यसो गर्न नमान्नेले जेल जानुपर्छ ।

दुई वा त्यो भन्दा बढी विवाह गर्नुपर्ने आदेश स्वंयम सरकारले जारी गरेको समाचार भाइरल हुँदैछ । यो अचम्मको घटना अफ्रिकी महादेशमा पर्ने स्वाजिल्याण्ड नामक सानो देशको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार अनुसार यो देशमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।

यस्तो अवस्थामा सरकारले प्रत्येक पुरुषलाई दुई वा सोभन्दा बढी महिलासँग विवाह गर्नु भनेर आदेश जारी गरेको छ । सर कारी निर्देशन पाल ना नगर्ने व्यक्तिहरुले बाँकी जीवन जेलमा बिता उनु पर्ने हुनसक्छ ।

तर यस समाचारको छानबिन गर्दा भाइरल समाचार गलत र गरिएको दाबी झुटो भएको खुलेको छ । खोज्दै जाँदा यो भाइ रल समाचार २०१९ तिरको भएको खुल्यो । त्यसपछि सबै पत्रपत्रिका र समाचार वेबसाइटहरूले आ–आ फ्नो तरिकाले यो समाचार प्रकाशित गरेका थिए ।

तर, यो समाचार भाइरल भएपछि स्वाजिल्याण्ड सरकारका प्रवक्ताले उक्त दाबीलाई पूर्णतया झुटो भनेका हुन् । यस सम्बन्धमा सरकारले त्यस्तो कुनै आदेश जारी नगरेको उनको भनाई थियो ।

गुगलमा खोज्दा अफ्रिकाको एउटा वेबसाइटको खबर आयो । यो समाचार १४ मे २०१९ को हो । समाचारमा स्वाजिल्याण्डका राजाले यस्तो कुनै आदेश जारी नगरेको स्पष्ट रुपमा उल्लेख छ ।

यसैबीच सरकारका प्रवक्ता पर्सी सिमेलोनले पनि यसलाई अस्वीकार गर्दै गलत भनेका छन् । जनबोलीको अनुसन्धानमा यो खबर पूर्णतया गलत सावित भएको छ ।

Facebook Comments Box