ताजा समाचार

मेयर बालेनले देउवा र ओली भेटेेपछि यस्तो भने …

काठमाडौं । शीर्ष नेताहरुसँगको भेटलाई शंकास्पद नजरले हेरिन थालिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक श्ररुपमै प्रष्टिकरण दिएका छन् ।

पार्टीका नेताकार्यकर्ताहरुले शीर्ष नेतासँगको भेटघाटलाई तोडमोड गरेर टिप्पणी गर्न थालेपछि मेयर साहले प्रधान मन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी

शर्मा ओलीसँग भेटघाट गरेकोबारे प्रष्टीकरण दिएका हुन्।बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका छन्। ‘काठमाडौंको

उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ उनले

भनेका छन्, ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन

सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौं।’बुधबार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मतगणना भइरहँदा उनले बालकोट पुगेर पूर्व

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले मेयरको कार्यभार सम्हालेकै दिन नेपाली सेनाका प्रधान

सेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए। उनले आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता भएको हुँदा

सबैसँग सहकार्य गर्न अनिवार्य भएको बताए।राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी

दिँदा मात्रै रहँदैन,’ उनले लेखेका छन्, ‘स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति नि”रपेक्ष रहनु पनि’ हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा

पनि हुन्छ।’यसैक्रममा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गरेको र भेटघाटपछि उनीहरूको प्रेरणा ले आफूहरू थप ऊर्जावान बनाएको उनले बताए। बुधबार प्रधानमन्त्री देउवाले शाहलाई बधाई दिएका थिए।

Facebook Comments Box