ताजा समाचार दु:खद खबर

दुर्घटनामा बाबुछोरीको मृ,त्यु

कार चालक फरारपोखरा — मातातीर्थ औंसी को भोलिपल्ट बुबासँग मोटरसाइकलमा पोखरा फर्कँदै गरेकी १८ वर्षीया सुजिना तिलिजा पुनले ट्युसन पढ्न जान पाइनन् ।

आइतबार पर्वतको कुश्माबाट पोखरा फर्किँदै गर्दा विपरीत दिशाबाट आएको कारले ढिकुर पोखरीको लेवाडेमा मोटरसा इकललाई ठक्कर दियो । सुजिनाको घटनास्थलमै मृत्यु भयो । बुबा ४५ वर्षीय जीतबहादुरको उपचारकै क्रममा सोमबार नि,धन भयो ।

पोखराको अर्चलबोटमा आफन्तकोमा बसेर उनी माउन्ट अन्न पूर्ण क्याम्पसमा कक्षा १२ मा अध्यय नरत थिइन् । शनिबार मातातीर्थ औंसीमा आमा को मुख हेर्न उनी शुक्रबार कुश्मा नगरपालिका ४ पुरानोचौकी पुगिन् ।

जेठ १६ बाट हिसानको परीक्षा सुरु हुने भएका ले त्यसको तयारीका लागि उनले ट्युसन पढि रहेकी थिइन् । आइतबार ट्युसन पढ्न पुग्नैपर्ने भएकाले बुबाले ग १८ प ८१९१ नम्बरको मोट रसाइकलमा उनलाई पोखरा पुर्‍याउने भए ।

बिहान ७ बजेको हुँदो हो, पोखरा आइपुग्न २० किलोमिटर जति बाँकी हुँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा विप रीत दिशाबाट गलत लेनमा आएको ग ३ च ३५२५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो । मोटर साइकलमा सवार बाबुछोरी नै उछिट्टिएर कार भन्दा २० मिटर पर बजारिए ।

दुर्घ,टना भएको केहीबेरमै उनीहरूलाई पोखरा को मेट्रोसिटी अस्पताल ल्याए पनि सुजिनालाई चिकित्सकले मृ,त घोषित गरे । जीतबहादुरको उपचार हुँदाहुँदै सोमबार बिहान नि,धन भयो । अहिले सुजिनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

उनले आफन्तले बाबुछोरीको शव बुझेका छैनन् । कारका चालक पर्वतस्थित जलजला गाउँपा लिका खनियाँघाटका एन्जल बम मल्ललाई पक्रा उ नगर्दासम्म शव नबुझ्ने उनीह  रूले बताएका छन् ।

कार चालक फरार रहेको र प्रहरीले पक्रिन उदासीनता देखाएको भन्दै पोखरा-बागलुङ राजमार्गको हेमजास्थित याम्दी पुलमा सोमबार केहीबेर उनीहरूले सडक अवरुद्ध गरे । त्यस अघि पोखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्या लय कास्कीसमेत घेराउ गरेका थिए ।

मापसेका कारण दुर्घटना पर्वतको जलजला गाउँपालिकाको खनियाँघाटका एन्जल बम मल्ल शनिबार आफ्ना दुई साथी सहित पोखराको लेकसाइड आए । लेकसाइडमा रातभर रमाइलो गरेपछि उनीहरू बिहानै बागलुङ फर्किने भए । फर्कने क्रममा फेरि तीन जनाले हेमजाको घ,ट्टेखोलामा ‘बियर’ पिए ।

लेवाडेका स्थानीयका अनुसार कार द्रूत गतिमा थियो । घुम्तीमा अर्को बसलाई ओभरटेक गर्दै हुइँकिदा कारले मोटरसाइकललाई ठक्कर दियो । दुर्घटनास्थलमा स्थानीय पुगे । घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याउन नौडाँडाबाट पोखरातर्फ आइरहेका गाडी रोके ।

पछि चितवनबाट गएको एक निजी कारले बाबुछोरीलाई पोखरा ल्यायो । स्थानीयहरू जम्मा भएपछि कार चालक मल्ल मकैबा रीतिर हामफालेर भागे । केही स्थानीयले रोक्न प्रयास गरे पनि सफल भएनन् । कारमा रहेका उनका दुई साथीलाई भने प्रहरी ले नियन्त्रणमा लियो ।

दुई जनाले आफूहरूले मादक पदार्थ सेवन (मापसे) गरेको प्रहरीसमक्ष स्विकारेका छन् । जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले चालक को खोजी जारी रहेको बताए । ‘कार चालक  ले गम्भीर लापरवाही गरेको देखिन्छ,’ उनले भने, ‘खोजीकार्य जारी छ ।’

मृ,तकका आफन्त भूपेन्द्र पुनले चालकलाई पक्रिएर कानुनी दायरामा नल्याउँदासम्म श,व नबुझ्ने बताए । ‘घ,टना भएको २४ घण्टाभन्दा बढी भइसक्दा पनि प्रहरीले पक्रन सकेको छैन,’ उनले भने, ‘राजनीतिक पहुँच भएको व्यक्ति पो हो कि भन्ने हाम्रो शंका छ ।’ उनका अनुसार जीतबहादुरले ४ वर्षअघि भारतीय सैनिकबाट अवकाश पाएका थिए ।

Facebook Comments Box