काठमाडौँ – एमसीसीको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । प्रहरीको हस्तक्षपका कारण बानेश्वर क्षेत्र त`नावग्रस्त बनेको छ ।
एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादी केन्द्रको भ्रातृ संगठन लगायतले प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले निषेधित क्षेत्र तो`ड्न खोजेपछि झ`डपको अवस्था आएको हो ।
माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी वि`रोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवन भन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ ।
तर उनीहरुले निषेधित क्षेत्र तो`डेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झ`डप भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झ`डपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।
प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लाई घेरा हालेका छन् । अमेरिकाका द`लाल भन्दै प्रदर्शनका रीले घेरेपछि प्रहरीका डिएसपीले बालबाल बचाएका छन् ।
एमसीसी अनुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को वि,रोध भएको थियो ।
थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीले घेरा हालेका हुन् । source motivate news