ताजा समाचार

फेरि पनि आईजीपी नियुक्त विवादित! मिचियो रोलक्रम

नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदि एको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६

महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि विवाद देखिने

भएको छ ।पाँच वर्षअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो वरीयतामा रहेका नवराज सिलवाललाई प्रहरी महानिरीक्षक नबनाएर चौंथो वरी

यतामा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेपछि सो विवाद सर्वोच्चमा पुगेको थियो सर्वोच्च को बृहत् पूर्ण इजलासले जयबहादुर चन्दलाई प्रहरी महा

निरीक्षक बनाउने निर्णयलाई बदर गर्दै नवराज सिलवाल को पक्षमा फैसला गरेको थियो । आजको राजधानी दैनिक मा समाचार छ ।सर्वोच्चको बृहत् पूर्ण इजलासले गरेको

फैसलामा भनिएको छ, ‘डीआईजी भएको २०६९ देखि २०७३ सम्मको ४ वर्षको कार्य सम्पादन मूल्यांकनमा कुल औसत अंक हेर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्ति

नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द भएको देखियो अब फेरि नयाँ नियुक्तिमा अब पनि पहिले जस्तै

विवाद देखियो। थप पढ्नुससरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको

छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवा मार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी

दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार

बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नेछन् ।ढुवामा

सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।रोलक्रममा तेस्रो नम्बरमा रहेको र पहिलो

नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै पोखरेल र दोस्रो वरीयताका सहकुलबहादुर थापाले अदालतको ढोका ढकढ्याकाउने बताइसकेका छन् ।

Facebook Comments Box