हाईलाइट

भोट किन्न एमालेले पैसाको खोलो बगाको वास्ताविकता के हो मन्त्रीकै आमाले खोलिदिइन् पोल !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको डोटीस्थित घरमाउनकी आमाले आफूलाई एमालेका उम्मेदवारले भोट माग्न आउँदा पैसा दिएर हिँडेको खुलासा

गरेकी छिन् ।मन्त्री आलेको गाउँपालिकामा आलेको पार्टी नेकपा ९एकीकृत समाजवादी०लाई कमजोर बनाउन एमा ले उम्मेदवारले पैसा बाँडेको आ रोप उक्त पार्टीका स्थानीय

नेता कार्यकर्ताको छ ।डोटीको रुवास्काँडास्थित मन्त्री आलेको पुर्ख्यौली घरमै भेटिएकी ७९ वर्षीया आमा गंगादेवी आलेले आफूलाई एमालेका तर्फबाट जोरायल

गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्लामीले १ हजार दिएर गएको बताइन् ।एमालेका उम्मेदवार चुनावका लागि भोट माग्न आएका

थिए, हिँड्ने बेलामा पैसा दिए । मैले चाहिँदैन, लिन्नँ भन्दाभन्दै चिया खानुहोला भनी छाडेर गए,’ उनले भनिन् गंगादेवीका अनुसार मन्त्री आलेले घर व्यवहारलाई चाहिने

पैसा आफैं दिने गरेका छन् । बुवा नभएको र आमा नशा तथा सुगरको बिरामी भएका कारण मन्त्री आले आमालाई भेट्न बेलाबेलामा घर पुग्ने गरेका छन् ।तीन दिनअगाडि

मात्रै पार्टीको कामका लागि जिल्ला आएका आले घर पुगेर फर्किएका थिए । आमा गंगादेवी गाउँमा कान्छा छोरा रुद्र आले मगरसँग बस्दै आएकी छन् ।आलेका बुवा भारतको

बम्बई रेल्वेको सुपरभाइजबाट अवकाशप्राप्त कर्मचारी भएकाले उनको पेन्सन र आफ्नो वृद्धभत्ता समेत गंगा देवीलाई आउँछ ।कुनै खाँचो नभए पनि जबरजस्ती पैसा

दिएर गएको मन्त्री आलेका भाञ्जा भरत कुँवरले बताए ।चुनावको समय छ । मुमालाई पैसाको खाँचो पनि छैन । पैसा दिनुको उदेश्य के हो स्पष्ट छ नि, प्रभावमा पार्न दिइ

एको हो,’ कुवँरले भने ।त्यसपछि पैसा दिएको विषयमा प्रतिक्रिया माग्दा वडाध्यक्षका एमाले उम्मेदवार दर्लामीले हामीलाई प्रमाण देखाउन चुनौती दिए । मन्त्री आलेकै

घरमा पुगेको र उनकी आमाले बताएको भनेपछि उनले बल्ल पैसा दिएको स्वीकारे ।बुढीआमा हुनुहुन्छ, उहाँलाई भेट्न जाँदा केही लिएर जानुपर्ने थियो, रित्तो हात गएकाले

फलफूल किनेर खान पैसा दिएको हुँ,’ उनले भने ।बुढा पाकालाई भेट्न जाँदा अघिपछि पनि आफूले फलफूल लिएर जाने गरेको उनले बताए । दर्लामीले आफू ५ वर्ष

विदेश बसेर आएको र गाउँमा फर्केपछि समाजसेवालाई प्राथमिकता दिएको दाबी पनि गरे ।उनले भने ‘अघि पनि गरीब, दुःखी, बुढाबुढीको सेवा गर्ने, सामाजिक काम गर्न

रुचाउने हुँदा उहाँलाई मात्रै नभएर अरू बुढाबुढीलाई भेट्न जाँदा खालि हात जाने गरेको छैन । पैसा बाँडेर मन्त्रीको आमालाई प्रभावित पार्न खोजेको हैन ।’आफूलाई कमजोर

बनाउन विपक्षीले अनर्गल प्रचार गरेको उनको आरोप छ । डोटीमा एमालेको प्रभाव राम्रो रहेको भन्दै चुनाव जित्नका लागि आफूलाई पैसा बाँड्नु आ”वश्यक नरहे को जिकिर समेत उनले गरे ।नागरिक पत्र

Facebook Comments Box