काठमाडौं “प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बि नी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहे को बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बना उन पहल गरिरहेका बेला विमला ओली माओवादी तिर लागे पछि उनी शंकटमा परेका छन् ।
यो पनि;- ओलि को झापड ओलि लाई नै “विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमाले,को बहुमत नपुग्ने बहुमत गुम्यो।”
बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।”
सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ
माओवादी केन्द्रका सांसद सुदर्शन बरालले वलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताए ।”
वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनि र्वाचनमा वली नेपाल कम्युनिष्ट पार्टीबाट विजयी भएकी थिइन् । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठ बन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।
लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमा लेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।
प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए ,