ताजा समाचार

लुम्बिनीका प्रदेश मन्त्री भन्छन्- विमला वली अ’प’रहणमा पर्नुभयो, प्रहरीलाई उद्धार गर्न भनेका छौं

लुम्बिनी  प्र’देशको  कामचलाउ  सरकारका मन्त्री वैजनाथ चौधरीले ‘प्रदेश  सभा  सदस्य विमला वली (विमलाकुमारी खत्री)  अपहरणमा  परेको  दाबी  गरेका  छन्।  सरकारका प्रवक्तासमेत  रहेका  आर्थिक  मामिला  तथा योजना मन्त्री चौधरीले  वलीलाई  दाङबाट  बुटवल  आउँदै  गर्दा बाटोमा अपहरण गरिएको बताए।

उहाँ  संसदीय  दलको  बैठकमा  सहभागी  हुन  आउँदै हुनु हुन्थ्यो।  बाटो  बाटै  अ’प’हरण  गरे।  बीच बाटोबाट अर्को गाडीमा  चढाएर  लगिएको छ’, चौधरीले भने, ‘हामीले सुर क्षा निकायलाई खोज  तलास  गरी  उद्धार गर्न भनेका छौं।उनले  आफूहरूले  वलीलाई  पर्खने  बताए।उहाँ आएपछि यथार्थ कुरा थाहा हुन्छ   चौधरीले भने,

उहाँलाई  सकुशल  उद्धार गरेर कुराकानी गर्छौं। अनि त्यस पछि बल्ल  कसरी  अगाडि बढ्ने टुङ्गो लाग्छ।’उनले सांसद वलीको फोन अफ  रहेको बताए। वली उपनिर्वाचन मार्फत सांसद  चुनिइएकी  हुन्। उनले  विगतमा  नेकपा   नामबाट निर्वाचन  जितेकी  थिइन्।  वलीले माओवादी केन्द्र रोजेको विज्ञप्ति सार्वजनिक भइसकेको छ।

यो पनि पढ्नुहोस! वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष ण विभागले बढी नाफा राखेर  माक्स बेच्ने त्रिपिरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई जरिवाना गरेको छ।विभागले  उपभोक्ता  संरक्षण  ऐन, २०७५  दफा १६ २ को ‘क’ बमोजिम  अनुचित  व्यापारिक क्रियाकलाप गरि दफा ३८ बमोजिम कसुर

गरेको  पाइएपछि  दफा  ३९ एकको ‘ख’ अनुसार २ लाख जरिवाना गएिको विभागका प्रवक्ता शिवराज सेढाईंले जान कारी दिए।  उनका  अनुसार  विभागले  आइतबार विभिन्न पसलमा  अनुगमन  गरेको थियो। अनुगमन गर्दा प्रति पिस ४ रूपैयाँ ४६ पैसा  थोक मूल्यमा किनेको सर्जिकल मास्क ८ रूपैयाँ ३८ पैसामा बेचेको पाइएको हो। श्रोत:सेतोपाटि

Facebook Comments Box