लुम्बिनी प्र’देश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।दाङबाट प्र’देशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै
उनी प्र’देशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवा दी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नला ग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांस द रहेको बताएको थियो । तर वलीले माओवादी कित्तामा जाने नि’र्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।
यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसके को एक नेताले रातोपाटीलाई बताए । वली स्वर्गीय प्र’देश सभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्।सवारी दु’र्घटना मा उनको नि’धन भएपछि भएकाे उपनिर्वाचनमा वली विजयी भएकी थिइन् ।
यो पनि पढ्नुहोस! शंकरसँगै विपक्षी गठबन्धनबाट मुख्य मन्त्रीमा माओवादीका कुलप्रसादको पनि दाबीलुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।
प्र’देश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८ , जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए । वली माओवादीमा प्रवेश गरेपछि विप क्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ।श्रोत:रातोपाटि