ताजा समाचार

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा एकल सरकार बनाउने एमाले संसदीय दलको निर्णय

मुख्यमन्त्री  शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै लुम्बिनी प्र’देशमा एमालेले एकल सरकार बनाउने गृहकार्य सुरु  गरेको  छ । मुख्यमन्त्री  पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधान को १६ ८ को  १ बमोजिम   एकल सरकार बनाउने नि’र्णय गरेको हो।

एमाले प्र’मुख सचेतक भूमीश्वर ढकालले एकल सरकारको मुख्यमन्त्री  संसदीय  दलका  नेता  शंकर   पोखरेललाई नै तोक्ने  निर्णयसमेत  भएको  बताए।  ‘आजै  मुख्यमन्त्रीको शपथ हुने गरी  गृहकार्य  अगाडि बढाइएको छ  उनले भने, मुख्यमन्त्री  नियुक्तिपछि   बिस्तारै   मन्त्रिमण्डल    विस्तार हुनेछ। नयाँ  सरकार  गठनका  लागि प्र’देशप्रमुख धर्मनाथ यादवले  प्र’देशसभामा  सहभागी  दललाई आह्वान गनुपर्ने हुन्छ।

प्र’देश प्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने स्रोतले जनाएको छ।एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन्।  जसपाका ४  र माओवादीका २ सांसद निष्कासनमा परेपछि  अहिले  प्र’देशसभा  ८१ सदस्यमा खुम्चिएको छ। सरकार बनाउन ४१  सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन्।

एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित थिए। कोभिड संक्रमणका कारण प्र’देशसभा  सदस्य भोजप्रसाद श्रेष्ठ भने  उपस्थित  थिएनन्।  नयाँ राजनीतिक घ’ट’नाक्रम हरूबारे  नयाँ  रणनीति बनाउँदै एमालेले अन्य मन्त्रिमण्डल विस्तार गर्नेसमेत  एमाले  संसदीय  दलको निर्णय छ।आजै बिहान  मुख्यमन्त्री  शंकर  पोखरेलले प्र’देशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका थिए।

प्र’देशप्रमुखले  मुख्यमन्त्रीको  राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था  नभएसम्म  मन्त्रिपरिषद्को  कार्यभार  सञ्चालन गर्न  जिम्मेवारी  दिएको  प्र’देशप्रमुख  कार्यलयका  प्रवक्ता चिरञ्जीवी  पौडेलले  जनाएका  छन्। मुख्यमन्त्री  पोखरेल विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासहित ४१ जनाले  वैशाख  ६  मा  अविश्वासको  प्रस्ताव  दर्ता  गरेका थिए।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सदस्यलाई  मुख्यमन्त्री  शंकर  पोखरेलले  आफ्नो  पक्षमा ल्याउँदै  मन्त्री ब नाएका  थिए। यद्यपि जसपाका ४ सदस्य निलम्बन  भएपछि  अविश्वासको   प्रस्ताव  सामना   नगरी संविधानको  धारा  १६८  को २ बमोजिम नेकपाबाट मुख्य मन्त्री  बनेका  पोखरेलले   संविधानको  धारा  १६८  को १ बमोजिम सरकार गठन गर्न राजीनामा दिएका थिए।श्रोत:कान्तिपुर

Facebook Comments Box