जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अविश्वास को प्रस्तावमा ह’स्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएपछि जसपाका बागी हरुको मन्त्री पद एक साता पनि टि’केन ।
जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट का’रवाहीमा परेका चारजना मन्त्रीहरु ले आइतबार सर्वोच्चमा पार्टीको नि’र्णयवि’रुद्ध रिट दायर गर्ने तया रीसमेत गरेका थिए । जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जानै लागेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै अ’कस्मात राजीनामा दिए ।
पार्टीको नि’र्णयविपरीत जसपाका चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएका थिए । समर्थन जनाउँदै उनी हरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । पार्टीले का’रवाही गरेपछि उनीहरुको सांसद पद जानुका साथै अब मन्त्री पद पनि गु’मेको छ । उनीहरुलाई पुनः सपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले नै राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै जसपाको पार्टी कार्यालय बबरमहलमा उनीहरु पार्टीका शीर्ष नेताहरुसँग प’रामर्श मा जु’टेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब रिटमा जाने कि जाने विषयमा उनीहरुले छलफल गर्न थालेका हुन् ।
उनीहरुले स’र्वोच्च अदालतमा दायर गर्ने रिट शुक्रवार नै तयार गरे का थिए । तर, समय अ’भावका का’रण दर्ता हुन सकेको थिएन । आइतबार ११ बजे रिट दर्ता गराउने का’रवाहीमा परेका जसपा नेता विजय यादवले बताए । ‘हामीले अहिले छलफल गर्दैछौँ,’ उनले भने, ‘कोरोनाका कारण सर्वोच्च अदालतमा के कसरी काम भइरहेको छ, यो बुझेर हामी जान्छौँ, त्यसअघि पार्टीमा छलफल गर्दैछौं ।’