ताजा समाचार

प्र’देश प्र’मुख झाले चर्को घाममा पैदल हिँडेर मास्क बाँडे

शनिबार जनकपुरधामको बजार क्षेत्रको अवस्था भने अन्य दिनभन्दा  फरक  थियो।पैदल  हिँड्नै नसक्ने चर्को घाममा प्र’देश-२ का प्र’देश प्रमुख  राजेश झाले पैदल हिँडेरै जनक पुरधाम  बजार क्षेत्रका  पसल  पसलमा  पुगेर व्यापारीहरू लाई मास्क बाँड्दै थिए।को’रो’ना  माहामारीको दोस्रो लहर को क्रममा

जनकपुरधाम लगायतका प्र’देश-२ का सबै जिल्ला प्रभावि त रहेको समयमा प्र’देश प्र’मुख झाले स्वयम् जनकपुरधाम बजार  अनुगमन  गर्दै  मास्क  नलगाएका व्यापारीहरूलाई महामारीबाट  बच्न  सावधानी  अपनाउन आग्रह गर्दै मास्क बाँडेका हुन्।सरकारले को’रो’ना संक्रमण तीव्र गतिमा फैलि ने विभिन्न जिल्लाको

सूचीमा धनुषालाई समेत सूचीकृत गरेको समयमा जोखिम बढ्न नदिन  स्थानीयले  मास्क लगाए नलगाएको भन्ने बारे अनुगमन  गर्नकै  लागि  प्र’देश  प्र’मुख   झा जनकपुरधाम बजार घुमेको प्र’देश प्र’मुख  कार्यालयका सचिव ध्रुव गैडेले जानकारी  दिए।सचिव गैडेका अनुसार जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म

पैदल  हिँडेरै  पसले  तथा  बजारमा  सामान  किनमेल  गर्न निस्केका  बटुवाहरूमध्ये  मास्क नलगाएकाहरूलाई प्र’देश प्र’मुख  झाले  मास्क  बाँडेका  थिए।को’रो’ना महामारीबाट प्रदेश-२ मा अतिप्रभावित जिल्लाहरूमध्ये धनुषासमेत एक

रहेकाले  सबैलाई यस  महामारीबाट सचेत रहन र अरुलाई सुरक्षित   तुल्याउनका  लागि प्र’देश  प्र’मुख आफैंले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेको भनाइ थियो। श्रोत:सेतोपाटि

Facebook Comments Box