काठमाडाैं । आइतबार लुम्बिनी प्र’देशसभाको अधिवेशन चल्दैछ । आइतबार सुरु हुने संसद आगामी सत्ता समीकर ण केन्द्रित हुने छ । प्र’देशका मुख्यमन्त्री शंकर पोखरेलवि रुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ ।
आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जस पाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुला ई रोक्ने रस्साकस्सी छ प्रदेश सभा को अहिलेको सांसद संख्याले पोखरेललाई विश्वास को मत लिन आफू भित्रकै सांसदहरु चुनौती बन्न सक्ने देखिएको छ ।
पोखरेल आफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरु भने फ्लोर क्रसको माहोल नि’र्माण गर्न माधव-झलनाथ समूहका सांसदहरुला ई फकाउन सकृय छन् ।प्र’देशसभाको अंकगणितको हेर्ने हो भने यो प्र’देशको सत्ता परिवर्तनको एक मात्रै विकल्प भनेकै फ्लोर क्रस हो ।
एमाले भित्र फुलोर क्रस नभए वर्तमान सरकारले निरन्तर ता पाउने छ । जसपाका चार सांसद निलम्बनमा परेपछि सत्ता समीकरणका लागि माधव-झलनाथ पक्षका सांसद नि’र्णायक मानिएका छन् । माओवादीबाट एमाले प्र’वेश गरेका दुई र जसपाका चार सांसद कारवाहीमा परेपछि प्र’देशसभा अहिले ८१ सदस्यीय छ ।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सके पोखरेलले आँफू भित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चित नै छ ।तर माधव-झलनाथ पक्षका सांसदहरुले कर्णालीमा फ्लोर क्रस गरेजस्तै
यहाँ पनि गरेको खण्डमा मुख्यमन्त्री अल्पमतमा पर्ने छन् । एमाले स्रोतका अनुसार यो प्रदेशमा दुईजना सांसद माधव-झलनाथ पक्षका भनेर खुलिसकेका छन् । यो दुई मत क्रस भए मात्रै मुख्यमन्त्री पोखरेलको पद जोखिममा पर्ने छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।