भारतमा को’रो’ना संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दो छ । अभाव र त्रासको यस घडीमा धेरै व्यक्तिहरु मानविय सेवामा दिनरात तल्लीन छन् ।तर केही त्यस्ता घ’ट’ना पनि छन्, जहाँ मानवता हराएको छ । महाराष्ट्रको पिन्परी चिन्च वाडमा यस्तै दुःखद् घ’ट’ना देखियो । यहाँ एक महिलाको मृ’त्युपछि उनकी एक वर्षकी छोरी भोक–प्यासले केही दिन सम्म छट्पट्टाइरहेकी थिइन् ।
छिमेकीहरूले यी बालिकालाई उद्धार गर्नु त टाढाको कुरा छुन पनि चाहेनन् । अन्त्यमा, शुक्रबार दुई जना महिला प्रहरीले ढोका फोडेर बालिकाको उद्धार गरे । भाडाको फ्ल्याटमा बस्थे दम्पती घ’ट’ना पिन्परी चिन्चवाडस्थित दिघी इलाकाको हो । उत्तर प्रदेश (युपी) स्थायी घर भएको एक दम्पती आफ्नी एक वर्षीया छोरीसँगै यहाँ एउटा फ्ल्या टमा भाडामा बस्थे ।
केही दिन पहिले कामले युपी गएका श्रीमान् बिरामी भए पछि उतै बसे ।छोरीसँगै एक्लै कोठामा बसेकी महिला बिरामी भइन् । उनको नि’धन मंगलबार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यसको दुई दिनसम्म कसैलाई पनि महिलाको अवस्थाबारे थाहा भएन बिहीबार छिमेकमा शवको दुर्गन्ध फैलन थाल्यो । तर कसै ले मतलब राखेनन् ।
को’रो’नाको डरका कारण कोही पनि घरभित्र छिर्न तयार भएनन् । शुक्रबार एक व्यक्तिले पुलिस स्टेशनमा फोन गरेर यस घ’ट’नाको जानकारी दिएपछि महिला प्रहरी अधिकृत सुशीला गाभले र रेखा बाजे घ’ट’नास्थल पुगे, ढोका फोडेर भित्र छिरेपछि उनीहरु स्तब्ध भए । एक वर्षकी शिशु श’व नजिकै लडिरहेकी थिइन् र भोक–प्यासले तड्पिएकी थिइ न् । यसपछि दुबै प्रहरीले बच्चालाई पुलिस स्टेशन लिएर गए र अस्पताल पठाए ।
सुशीला गाभलेका अनुसार बच्चाको हालत निकै गम्भिर थियो र केही घण्टा मात्रै ढिला भएको भएपनि दुःखद् घ’ट’ना निम्तिने थियो । ‘हामीले बच्चालाई सबैभन्दा पहिले दुध र बिस्कुट खुवायौँ र डाक्टरको सल्लाहमा केही सिरप दियौँ । अहिले उनका पितालाई यसबारे जानकारी भइसके को छ । उनी आइपुगेपछि हामी बच्चालाई उनको जिम्मा लगाउनेछौं’ गाभलेले भनिन् ।
दिघी पुलिस स्टेशनका वरिष्ठ निरीक्षक मोहन सिन्देका अनु सार बालकल्याण समितिको निर्देशनअनुसार यी शिशुलाई अहिले सरकारी चाइल्ड केयर होममा पठाइएको छ । बच्चाकी आमाको नाम सरस्वती राजेश कुमार हो, उनको उमेर २९ वर्षको थियो । प्रहरीले उनको मृ’त्युको कारणबारे अनुसन्धान गरिरहेको छ ।
सिन्देका अनुसार प्रहरीले शिशुको उद्धारका क्रममा महिला का छिमेकीहरूसँग सहयोग मागेको थियो, तर उनीहरुले सहयोग गर्न अस्वीकार गरे को’रो’नाको डरका कारण उनी हरुले शिशुलाई छुन पनि मानेनन्’ सिन्देले भने । श्रोत:रातोपाटि