ताजा समाचार

धरानका मेयर को विपी प्रतिष्ठान कार पदाधिकारी लाई प्रश्न प्रतिष्ठान कहिले सुध्रिन्छ ? (भिडियो )सहित ।

धरानः धरानका मेयर हर्क साम्पाङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच सोमबार मेयरको कार्यकक्षमा वार्ता भएको छ ।वार्तामा बीपी प्रतिष्ठानलाई कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रित थियो

। मेयर साम्पाङले यति पुरानो एशियाकै ठूलो प्रतिष्ठान कहिले सुध्रिन्छ भन्दै प्रश्न गरेका थिए । साम्पाङको प्रश्नको उत्तर पनि पदाधिकारीहरुले दिएका थिए ।सोमबार दिउँसो धरान उपमहानगरपालिकाका मेयर साम्पाङ, घोपा बचाऊ

आन्दोलनका अभियानकर्मी सुजन गुरुङसहितको टोली, घोपा बचाऊ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि गठित ५ सदस्यीय वार्ता टोली, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठलगायतबीच वार्ता

भएको थियो । वार्तामा अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहलगायत अस्पतालका जिम्मेवार पदाधिकारीहरु सम्मिलित थिए ।मेयर साम्पाङले बीपी पदाधिकारीलाई तत्काल सुधार्नुपर्ने र क्रमशः सुधार गर्दै जान सकिने विषय

हरु के के रहेको भन्दै प्रश्न मात्रै गरेनन् घोपा बचाऊ अभियानले लिएर आएको सानोतिनो माग सम्बोधन गर्न आग्रह गरेका थिए । उनले बीपीमा जाँच गर्न जाने बिरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान,

एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्थाको अत्यदेखि अन्य विकृति विसङ्गतिलाई सुधार गर्दै जानुपर्ने सुझाए । बीपीका पदाधिकारीले पनि घोपा बचाऊ अभियानको माग सम्बोधन गर्दै प्रतिष्ठानलाई सुधार्दै

अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।यसैबीच सोमबार राति नै प्रतिष्ठानको समस्या खोज्ने र समाधान गर्न ५ जनाको कार्यदल बनेको छ । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना, प्रतिष्ठानको तर्फबाट २ जना र एक जना

नगर प्रमुखको तर्फबाट प्रतिनिधि छन् । कार्यदलमा प्रतिष्ठानको तर्फबाट इन्टरनल मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. दिव्यराज मिश्रा र अस्पताल प्रशासनका सुपरभाइजर अशोककुमार साह, घोपा बचाऊ

अभियानका अभियानकर्मी नविन राई र स्पेन मगर कार्यदलको सदस्य छन् भने मेयरको प्रतिनिधिकोरुपमा पूर्ण गहतराज रहेका छन् ।वार्ताले कार्यदल बनाएको हो । वार्तामा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी,अस्पताल

निर्देशक प्रा.डा.गौरीशंकर साह वार्ता कमिटीका सदस्यहरु, सेभ घोपा अभियन्ताहरु सहभागी थिए ।तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिस बमोजिम गर्ने र काम नगर्नेलाई प्रतिष्ठानको

नियमावलीमा भएको व्यवस्था बमोजिम कारबाही गर्ने सहमति भएको थियो । १५ दिनभित्र सुधार भए नभएको हेर्ने र थप आन्दोलनमा जानुपरेजाने अभियानका संयोजक सुदन गुरुङ बताउँछन् ।‘हामी नेपाल’ समूहले २०७८ चैत १९ गतेदेखि शुरु गरेको घोपा बचाऊ अभियान अहिलेसम्म पनि जारी छ ।

Facebook Comments Box