ताजा समाचार

काठमाण्डौका मेयर बालेन्द्र साहले लिए बोल्ड निर्णय ।

काठमाडौं, १८ जेठ : काठमाडौं महानगरपालिकाले कुनैपनि नयाँ गाडी नकिन्ने निर्णय लिएको छ । अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने नयाँ नकिन्ने निर्णय भएको हो ।नयाँ

जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।‘भौतिक

पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मात हतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ ।काठमाडौं महानगर

पालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुलेन्स हुनसक्ने दुई वटा

सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसकेका छौं,’ थापाले भन्नुभयो, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरु

लाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ ।’थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुलेन्सको लागि चाहिने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिनुभयो । ‘हामीसँग १० लाख

रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ ।सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अन्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’,

उहाँले जानकारी दिनुभयो ।काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउने व्यवस्था छ । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको उहाँले बताउनुभयो । आगामी आर्थिक

वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गर्नेछ ।स्वतन्त्रतर्फका उम्मेदवार बालेन (बालेन्द्र) साह मेयरमा निर्वाचित भएपछि महानगरमा आमुल परिवर्तन आउँने संकेत देखिन्छ।उहाँले आफूले गरेका प्रतिवद्धताहरु जसरीपनि पूरा गर्ने वचन दिँदै आउँनुभएको छ ।

Facebook Comments Box