ताजा समाचार राजनीतिक

बालेन्द्रले सुटुक्क प्रधानमन्त्री लाई भेटेर गर्यो यस्तो सम्झौता अन्य पार्टीमा खैलाबैला…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधान मन्त्रीको निवास बालुवाटारमा देउवा र साहबीच भेटवार्ता भए को हो ।

उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए । तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मला ई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने ।

देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहे   को भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको बालेन्द्र निकट स्रोतले बतायो ।

‘फोहोर मैला व्यवस्थापनका लागि जे जे उपाय छन् लगाउ नुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुन्छ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो

यो पनि,,काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानै गाडी प्रयोग गर्ने १८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालि काले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ ।

नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगर पालिका भित्रका सडकका खाल्डा खुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ ।

काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वाता वरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।

‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुले न्स हुनसक्ने दुई वटा सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसके का छौं,’

थापाले भने, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहि त ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरु लाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ

थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुले न्सको लागि चाहि ने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिए । ‘

हामीसँग १० लाख रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ । सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अ   न्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’, उनले भने ।

काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधा रमा पूर्वाधार एम्बुलेन्स चलाउने थापाले बताए । कलसेन्टरको लागि पनि धमा धम काम भइरहेको उनले जनाए ।

आगामी आर्थिक वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गरेको छ ।

Facebook Comments Box