सामाचार हाईलाइट

भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाण्डौ फर्कियो

काठमाण्डौ – काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।

बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालय का प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनु भयो ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।

यो पनि,,रुदै-रुदै सधैंलाई नेपाल छाड्दै बीमाकुमारी दिइन- यस्तो सन्देश.. काठमाडौं । चर्चित लोकदोहोरी गायिका बीमा कुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेकी छन् । केही दिनअघि उनी श्रीमानसहित अमेरि काको न्युयोर्क पुगेकी हुन् ।

उनी निकट स्रोतका अनुसार दुरा दम्पती अब न्युयोर्कमा छोरी सँगै बस्ने निर्णयका साथ अमेरिका हान्निएका हुन् । उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् ।

अमेरिका उड्नुअघि टिकटकमा मर्मस्पर्शी भिडियो पोस्ट गर्दै उनले बाध्यताले देश छाडेर जान लागेको बताएकी छन् । उक्त भिडियोमा उनी भावुक सुनिएकी छन् ।

भिडियोमा दुराले भनेकी छन्, ‘मेरै देशले जन्मा यो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मला ई सिन्दूर पहिर्‍यायो । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् ।

म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाल लाई । तर न्याय कहाँ छ भन्न चाहन्छु ।’न्युयोर्क पुगेर पनि दुराले भिडियो पोस्ट गरेकी छन् ।

केही समयअघि उनी घरमा घर बिक्रीमा ठगिएको समाचार बाहिरिएको थियो । गोंगबुमा आफूले निर्माण गरेको पाँचतले घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगिएको उल्लेख छ ।

पछिल्ला अन्तर्वार्तामा दुरा निकै भक्कानिएको देखिन्छ । एक महिनाअघिको एक अन्तर्वार्तामा उनले आफू एक वर्षदेखि राम्रोसँग नसुतेको बताएकी छन् । केही दिनअघि फेसबुकमा समेत स्टाटस लेख्दै उनले म ठगिए पनि नेपाली जनता नठगिउन् भनेर उल्लेख गरेकी थिइन् ।

लमजुङको दुराडाँडामा जन्मिएकी दुरा कुनै समयकी नम्बर एक लोकदोहोरी गायिका हुन् । छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कश्मीरमा,

हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट उनका चर्चित गीत हुन् ।

Facebook Comments Box