काठमाडौं । काठमाडौं महानगरपालिकाका वर्तमान मेयर बालेन्द्र साह मेयर निर्वाचित हुने पुर्व सन्ध्यामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री
केपी शर्मा ओलीलाई भेट्न सुटुक्क बालकोट पुगेको खुलासा भएको छ । स्वतन्त्र उम्मेदवारी दिएका बालेनले किन एमाले अध्यक्ष ओलीलाई भेटे भन्ने कुराको चासो
बढेको हो ।स्रोतका अनुसार बालेन्द्रले मतगणना चलिर हेकै बेला एमाले अध्यक्ष ओलीलाई उनकै निवासमा पुगेर भेटेका हुन। र यो भेटका बारेमा अहिलेसम्म दुवै पक्षले
खुलाए का छैनन् । बालेनको चुनावी टिमकै एक सदस्यले बालेन्द्रको ओलीसँगको पुष्टि गरेका छन् त्यो भेट मतगणना सकिने अघिल्लो दिन भएको जनाईएको छ। बालेन्द्रकै
इच्छा अनुसार उक्त भेट भएको जनाईएको छ। ओलीले पहिला बालेन्द्रसहितको टिमसँग छलफल गरेको र दोस्रो चरणमा वान टु वान छलफल पनि भएको स्रोतको दावी
छ।बालेन्द्रले चुनावअघि नै ओलीसँग भेट्न इच्छा ब्यक्त गरेपनि ओलीले समय दिएका थिएनन्। तर, बालेन्द्रले मेयर जित्दै गएपछि ओली उनीसँग भेट्न तयार भएका
थिए । समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ । स्रोतका अनुसार बालेनले ओलीसँग भेट्नुको कारण अर्कै
रहेको बताइएको छ । भेटमा भएको विस्तृत विवरण ओलीसँगको यो भेटपछि केही विश्लेषकहरुले बालेन एमाले प्रवेश गर्न सक्ने अनुमान गर्न थालेका छन् ।यसै
बीच, यता, एमाले नेता एवम ओली प्रधानमन्त्री हुँदा ताकाका प्रेस सल्लाहकार थापाले भने साहलाई पुर्व माओवादी कार्यकर्ता भएको आरोप लगाएका छन् । एक
टेलिभिजन च्यानललाई अन्तरवार्ता दिने क्रममा उनले यस्तो वताएका हुन ।महानगरमा त एमाले पत्तासाफ भयो भन्ने प्रस्तोताको जिज्ञासामा उनले भनेका छन्–महानगरको
हकमा उम्मेदवारीका सन्दर्भमा कतिपय कचरपचर भए। जस्तो पोखरामा कृष्ण थापा सुरु देखिनै उम्मेदवार हुनु हुन्थ्यो, अथवा उम्मेदवारको सन्दर्भमा विवाद हुन्थेन भने
परिणाम अर्कै हुन्थ्यो। काठमाण्डौ र पोखराका हकमा जो जो पात्रहरु आएका छन् नी, तपाईले देशभरी हेर्नु भयो भने जहाँ जहाँ पहिला एमालेले जितेको थियो, ति ठाउँमा
एमालेलाई हराउनका लागि। अव मैले त सुन्या छु– बालेन जी पनि अखिल क्रान्तिकारीको कार्यकर्ता रे, कहिलेको।’ थापाले यति भनेपछि प्रस्तोताले ‘यो कुरा त रामनारायण
विडारीले मसँग भन्नु भको। अखिल क्रान्तिकारीको कार्य कर्ता भनेर।’ भन्दै जोडेका छन् । थापाले बालेन जस्ता धेरै पात्रलाई एमाले हराउन डेन्टिङ पेन्टिङ गरेर तयार पारिए
को वताए । ‘यस्ता धेरै पात्रहरु विभिन्न रुपमा चाहीँ डेन्टिङ पेन्टिङ गरेर तयार पारिएकाहरु चाहीँ हुनुहुन्छ होला। तर, म अहिले उहाँहरुका बारेमा नकारात्मक टिप्पणी गर्दिन।’