कुनै एक ठाउँमा खाद्य सामग्री पुर्याएर आफ्नो गन्तव्यमा फर्कँदा प्रहरीले गाडी समातेर राख्ने गरेको भन्दै सवारी चालकले गुनासो गरेका छन् । ल लितपुरको सानेपामा प्रहरीको ‘होल्ड’मा परेका रोशन बयलकोटीले बिहान ५ बजेदेखि दिनभरी प्रहरीले गाडी समातेर दुःख दिएको बता ए ।
दाल चामल बोक्ने उनलाई बानेश्वरबाट कलङ्कीमा खाद्य सामग्री पुर्याएर फर्कने क्रममा प्रहरीले समातेको हो । अघिल्लो दिन खाद्यवस्तु बिक्रीको बिल काटिएको र सो देखाउँदा पनि आजैकै चाहिने भन्दै गाडी समातेको उनको दुखेसो थियो । प्रहरीले ‘पावर’ लगाउनेहरूलाई भने छोडि।दिएको भन्दै उनले भने,
नियम कानुन सबैलाई बराबर हुनुपर्ने हैन भन्दा पुलिसले हामीलाई छोड्न आदेश आएको गाडी छोड्ने हो, जिल्ला प्रशासन कार्यालयका कुरा गर्नुस् भन्छ । के गर्ने खै ।बिहा नदेखि पानी खान पनि नपाएको र चाउचाउको भरमा बसे को बसेको उनले उल्लेख गरे । बयलकोटी जस्तै सानेपाका धर्मेन्द्र रुम्बा पनि प्रहरीको होल्डमा परेका थिए ।
उनी सानेपाबाट बिहान ६ बजे तरकारी लिन बल्खु जाँदै थिए, तर प्रहरीले खाली गाडी चलाएको भन्दै समातेको उनले बताए ।उनले भने, ‘कि त तरकारी गाडी पनि चलाउ न दिनुभएन । तरकारी पुर्याएपछि घर जान दिनुपर्यो । बिहानदेखि खाना, खाजा, पानी पनि खान पाएको छैन ।’
प्रहरीले तोरीको तेलका बाकस बोकेको मोटरसाइकल फोहोरमैला बोक्ने गाडी, खाद्य, पानी, तरकारी बोक्ने गाडी हरुलाई सडकमै होल्ड गरेर राख्ने पाइएको हो । सरकारले बिहीबारदेखि उपत्यकामा जारी गरेकोे निषेधाज्ञामा यस्ता सवारी साधनलाई रोक लगाइएको छैन । तर प्रहरीले होल्ड गर्ने सवारीसाधनमा यस्तै प्रकृतिका सवारी पर्ने गरेका छन् ।
बिहान ६ बजे नै समातिएका गाडीलाई पनि बेलुका ७ बजेमात्र छोडिने प्रहरीहरु बताइरहेका थिए । अत्यावश्यक सेवामा रहेका सहित प्रहरीले सानेपा चोकमा मात्रै ७० वटा हाराहारी समातेको थियो । उनीहरु मध्ये अधिकांशले समात्न नपर्ने गाडी प्रहरीले समात्यो भनेर गुनासो गरिरहे का थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजु लीले खाद्य सामग्री, पानी, तरकारी लगायतका दैनिक आवश्यक पर्ने सामग्री ढुवानी गर्ने सवारी साधनलाई निषे धाज्ञाका बेला समात्ने नीति नरहेको उल्लेख गरे ।
रातोपाटीसँग कुरा गर्दै पराजुलीले भने, ‘उनीहरुले गाडीमा के को प्रयोजनका लागि चलाएको हो, त्यो स्पष्ट हुने ब्यानर गाडीमा राख्नुपर्छ । त्यस्ता गाडी समातिँदैनन् । बरु आज शनिबार हामीले सेतो नम्बर प्लेटको गाडी चलेको छ भने त्यसलाई पनि होल्डमा राख्न भनेका छौँ । शनिबार सरका री कार्यालय बिदा हुने भएकोले सडकमा त्यस्ता गाडी भेटे प्रहरीले समातेर होल्डमा राख्छ ।’
उनले आफूले पनि सडकमा अनुगमन गरिरहेको र अत्या वश्यक सेवामा रहेका सवारी होल्डमा रहेको भए त्यसलाई छोड्ने उल्लेख गरेको को’रो’ना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकाका ३ जिल्लामा गरेको निषेधाज्ञाको तेस्रो दिन पनि बिना पास गुडेका सवा री साधानलाई प्रहरीले सडकमा नियन्त्रण गरेर राखेको थियो ।श्रोत:रातोपाटि