काठमाडौं गायक प्रतिक पौडेलको नयाँ गीत ‘एउटा गीत’ सार्वजनिक भएको छ । गायक पौडेलकै शब्द तथा संगीत रहेको ‘एउटा गीत’को भिडियो सार्वजनिक भएसँगै विभिन्न सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।सार्वजनिक गीतको भिडियोमा अभिनेता मनिष श्रेष्ठ र मोडल आरजु बैजुको जीवन्त अभिनय देख्न सकिन्छ ।
आफूले मन पराएको सुन्दरी आरजुसँग बिताएका रमाइला क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका छन् ।जानी नजानी ’ फिल्ममार्फत् चर्चा कमाएका मनिषले दया राम दाहालको निर्देशनमा बनेको फिल्म ‘रानी’बाट ठूलो पर्दामा डेब्यू गरेका थिए । त्यस्तै आरजुले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
सार्वजनिक भिडियोमा आरजु र मनिषको जोडी निकै सुहा एको निर्देशक शिशिर खाती बताउँछन् । करिब ५ दर्जन म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खाती भन्छन्, ‘मनिष र आरजुसँग नयाँ भिडियोमा काम गर्दा निकै रमाइलो भयो ।’
भिडियोमा निर्देशक खातीले एकतर्फी मायामा डुबेका युव कको कथाई रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन् । चकले टी नायक प्रदिप खड्काको फिल्म ‘लभ स्टेशन’मा समावे श गरिएको ‘तिमीले हेर्ने जुन, मेरो आँगनीमा’ गीतमा कोरि योग्राफीको जिम्मेवारी सम्हालेका शिशिरले आर्यन सिग्देल को चचहुई,
साम्राज्ञी राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्र फी गरिसकेका छन् ।म्यूजिक भिडियो निर्देशन तथा कोरि योग्राफीलाई एकसाथ अगाडि बढाइरहेका निर्देशक खाती पछिल्लो समय ब्यस्त म्यूजिक भिडियो निर्देशकका रुपमा चिनिन्छन् । शंकल भुजेलको छायांकन रहेको यस गीतको भिडियोलाई बनिश शाहले सम्पादन गरेका हुन्
श्रोत:news24nepal