ताजा समाचार

८० रुपैयाँको ह’र्रो बेच्दा ९ वर्षीय बालकलाई १५ रुपैयाँ क’र!

‘पाँचखपन नगरपालिका–३ माक्सुवाका ९ वर्षीय भुवन कार्कीले ८० रुपैयाँको हर्रो बेच्दा १५ रुपैयाँ कर तिरे । सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे हाटमा कार्कीले कापीकलम किन्न घर छेवैमा फलेको हर्रो बजारमा बेच्न ल्याएका थिए । उनले गत शनिबार ७ दाना हर्रोको १० रुपैयाँ लिँदै बिक्री गरे ।

‘३ घण्टामा ८० रुपैयाँको हर्रो त बेचे तर १५ रुपैयाँ भने हाट करबापत तिरे । खाँदबारी नगरपालिकाले टुँडिखेलमा लाग्ने साप्ताहिक बजारका लागि हाट कर निर्धारण गरेअ नुसार ठे’केदारले कार्कीसँग १५ रुपैयाँ क’र उठाएका हुन् ।

‘शनिबारे हाटबजारमा जति रुपैयाँ बिक्री गरे पनि १५ रुपैयाँ ठेकेदारले सरसफाइका नाममा करबापत उठाउँदै आएका छन् । हर्रो बेच्ने कार्की पाँचखपनस्थित देवकोटा आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् ।

‘को’रोना संक्रमण बढेपछि स्थानीय स्तरमा पाइ ने हर्रो   को बिक्री बढेको छ । शनिबारे हाटमा हर्रो राखेर बसेका उनको हातमा खाँ’दबारी नगर पालिकालाई तिरेको हाट करको बिल पनि थियो ।

‘पढ्दै, घरको काम गर्दै बाँकी रहेको समय उनले जं’गलमा गएर हर्रो बटुलेर बेच्ने गरेको बताए । कार्की माक्सुवाबाट कम्तीमा ४ घ’ण्टा हिँडेर सदरमुकाम खाँ’दबारीको शनिबारे हाट आइ पुग्छन् ।

‘हर्रो, बर्रो, अमला बेचेर कमाएको पैसाले उनी कापी, कल म, चप्पल किन्ने गरेको बताउँछन् । कहिलेकाहीँ बिक्री नहुँ’ दा पनि उनले १५ रुपैयाँ हाटकर भने तिर्नैपर्छ ।३ दाजुभाइ सहित उनको परिवारमा ५ जना छन् ।

‘उनका बुबा मेखबहादुरले छोरा शुक्रबार विद्यालयबाट आएर जंगल जाने र कन्दमुल खोजेर साँ’झ घर फर्किन्छन् । ‘मजदुरी गरेर ल्याएको कमाइले घरमा छा’क टार्न र व्यवहार धान्न नै मुस्किल हुन्छ,’

‘उनले भने, ‘एक पाथीको बीउ लाग्ने जग्गा जमिन छ, त्यसबाट उ’ब्जिएको अन्नले ३ महिना खानलाई पनि पुग्दै न ।’कर उठाए पनि हाटबजार को नियमित सरसफाइ र बजार व्यवस्थित भने हुन सकेको छैन ।’

‘कर तिर्नु दा’यित्व भए पनि करको दर स्प’ष्ट नभएको अधिकारकर्मी रूद्रनाथ दाहालले बताए ।श्रोत कान्तिपुर।

Facebook Comments Box