ताजा समाचार

आत्मालोचना गर्दै वामदेवले भने–गल्ती सच्याउन लागिपरेको छु

नेकपा   एमालेका  नेता  वामदेव  गौतमले आफूबाट गल्ती कमजोरी  भएको  स्वीकार्दै  त्यसप्रति  आत्मालोचना   गर्ने बताएका छन् ।उनले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित  क्रियाकलाप  गर्दा   श्रमजीवीवर्गीय   आन्दोलनलाई छिया  छिया  भएको उल्लेख यस्तो क्रियाकलाप रोक्न नस किए प्रतिगमन प्रतिस्थापित हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय  मजदुर  दिवसका  अवसरमा एक शुभकामना वक्तव्य  जारी  गर्दै गौतमले आजको दिन कम्युनिस्ट आन्दो लनमा  लागेका हामी  सबै नेता–कार्यकर्ताले आफ्नो गल्ती कमजोरी   प्रति   आत्मआलोचित   हुँदै  नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनःएकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन भएको उल्लेख गरेका छन् ।

भनेका  छन्,  मबाट  पनि यसबीच केही कमजोरी र गल्ति भएका  छन्। आफ्ना गल्ति र कमजोरीप्रति आत्मआलोचि त छु । तिनलाई  सच्याउन लागि परेको पनि छु। भविष्यमा सबै तथ्यहरु  क्रमशः  स्पष्ट  हुँदै  जाने छन्।  उनले अगाडि भनेका छन्,

अहिले  श्रमजीवीवर्गका  नेताहरुले सत्तास्वार्थ प्रेरित क्रिया कलापबाट  श्रमजीवीवर्गीय आन्दोलनलाई छियाछिया वना इ  रहेकाछन् ।  यस्तो  क्रियाकलाप  रोक्न   सकिएन   भने प्रतिगमन  प्रतिस्थापित हुने छ। ऐतिहासिक उपलब्धि समा प्त हुने छन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको संवृद्ध समाजवादमा पचासौं बर्षसम्म पर्दा लाग्नेछ ।

यो पनि पढ्नुहोस!  श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि  भएको छ । १३२ औँ  अन्तर्राष्ट्रिय  श्रमिक दिवसको अवसर पारेर सरकारले  श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार  रुपैयाँ तोकेको हो ।यसअघि नेपाली श्रम बजार मा श्रमिकको  न्यूनतम  पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे ।

श्रम दिवसको  अवसरमा  प्रधानमन्त्री  केपी  शर्मा ओलीले श्रमिकको  आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक  रुपमा  काम गर्ने  श्रमिकले  मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम  पारिश्रमिक  पाउने  बताए । उनका  अनुसार अब दैनिक  ज्यालादारीमा  काम  गर्ने  श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ  पाईरहेकोमा  अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।

त्यस्तै, हाल  प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यून तम ७७  रुपैयाँ  पाउनेछन् । यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरका रले  जनाएको छ । पारिश्रमिक निर्धारण श्रमिक र रोजगार दाताका  प्रतिनिधिहरूबीच  हुनुपर्ने  भए  पनि लामो समय देखि   सहमति  नभएपछि  सरकारले   हस्तक्षेप गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए ।श्रोत:रातोपाटि

Facebook Comments Box