राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालय का पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान नि’धन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गल स्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए ।
शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उन लाई पशुपति आर्यघाटमा लगिएको थियो ।नेपाली कांग्रेस को पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विका स कोषका पूर्वसञ्चाल क सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवास मा बस्दै आएका थिए ।
अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए। प्राध्यापनपछि उनी राष्ट्रियसभाका सदस्य बनेका हुन् सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले वि’रोध गरे का थिए ।
यो पनि पढ्नुहोस! काठमाडौँ । गायिका सोना अमात्यको नयाँ गीत ‘ सोच बेलैमा’ सार्वजनिक भएको छ । गीतमा सोनालाई गायक विवेक सिंह ठकुरीले साथ दिएका छन् ।संगीत प्रशिक्षक शशि विक्रम थापाको शब्द तथा संगीत रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडि योमा गायक गायिका सोना र विवेकको अलवा गरिमा शर्मा, गोविन्द सिंह विष्टको अभिनय देख्न सकिन्छ ।
एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाको यो गीत ‘मेरो माया’ एल्बममा समावेश गरिएको छ । उनले आउँदो दिनमा यस्ता गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । गम्भिर विस्ट को निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सानै देखि गीत संगीतमा रुचि भएकी सोनाको यस अगाडि ‘मेरो माया करोडमा’ बोलको गीत चर्चामा रहेको थियो।श्रोत:रातोपाटि