नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले को’रो’ना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै
उनले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गरे को’रो’ना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भए को निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविको पार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको छ ।
उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।साथै सबै राजनीतिक काय कर्त्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डको अपिल छ ।
महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरे ।यस्तै श्रमजीवी वर्ग राज्यको बहुआयामि क विकासका मुख्य आधार भएको प्रचण्डको भनाइ छ । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभए सम्म देशमा आर्थिक विकास र स’मृद्धि सम्भव नभएको उनले बताए ।
यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधा नमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिए को प्रचण्डले बताए । तर श्रमजीवी वर्गको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताए ।अध्यक्ष दाहालले पश्चगामी र परिवर्तन विरोधी तत्व श्रमजीवि जनताका अधिकार खोस्न उद्त देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्न श्रमिक वर्गमा अपिल गरे ।श्रोत:रातोपाटि