ताजा समाचार

मजदूर आन्दोलनको सम्झनामा आज श्रमिक दिवस

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय   श्रमिक   दिवस   पनि   प्रभावित भएको छ । को’रो’नाको  सङ्क्रमण   फैलने   सम्भावना   रहेको  भन्दै काठमाडौँ  उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै   यसवर्ष   श्रमिक  दिवसका  अवसरमा  नेपालमा क्रियाशील ट्रेड  युनियनले  कुनै  पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्द र्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफ लको  आयोज ना गरेका  छन् ।  आठ  घण्टा  काम,  आठ घण्टा  मनोरञ्जन  र  आठ  घण्टा  आराम  नारासहित शुरु भएको मजदुर  आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रि य श्रमिक  दिवस  मनाउन  थालिएको   हो ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम  आठ  घण्टा  मनोरञ्जन  र  आठ घण्टा आराम’ भन्ने नाराका  साथ विश्व मजदुर दिवस मनाइएको थियो ।अमेरि काको  सिकागोको  हेय  मार्केट  भन्ने  ठाउँमा बम विस्फोट भयो । सो  बम विस्फोट  कसले  गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो ।

प्रहरीको गो’ली लागेर सात  मजदुरको मृ’त्यु भयो । मजदुर आन्दोलनले  अन्ततः  सफलतासमेत  हासिल  गरेको विश्व इतिहास  छ  । सन् १८८९  मा  फ्रान्सको  पेरिसमा सम्पन्न विश्वका  श्रम  संगठन  एवं  श्रमिक  नेताको  बैठकले विश्व श्रमिक  दिवस  विश्वभर मनाउने नि’र्णय गरेको हो । त्यसय ता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारि खमा श्रमिक दिवस मनाउन शुरु गरियो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदैआफ्ना अधिकारको  सुनिश्चितताका  लागि सरकार र रोजगारदाता लाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा  विराटनगरमा  विसं २००७ मा मजदूर आन्दोलन सँगै यो दिवस मनाउन थालिएको हो । श्रोत:रातोपाटि

Facebook Comments Box