गायक प्रकाश सपुतलाई को’रो’ना संक्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू लाई को’रो’ना पोजिटिभ देखिएको जानकारी गराएका हुन् अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसी आर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ ।
सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरीर दुख्ने/ गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ किजस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन् अहिले उनी होम आइसोलेसनमा छन् ।
को’रो’ना जीत्न सकिन्छ भन्ने आत्मबल राखे तापनि को’रो’ना लाई सामान्य नठान्न उनले अनुरोधसमेत गरेका छन् । ‘लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउँ । सुरक्षित बसौं ! आसा राखौं यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौं,’ उनले लेखेका छन् । हालै प्रकाश ले ‘ मेरो पनि होइन र यो देश’ बोलको गीत सार्वजनिक गरेकाछन् ।
यो पनि पढ्नुहोस! को’रो’ना रोकथाम तथा नियन्त्रण गर्न गठित सीसीएमसी निर्देशक समितिले निजी अस्पतालहरु लाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने नि’र्णय गरेको छ ।शुक्रबार सिंहदरबारमा बसेको निर्देशक समिति बैठकले निषेधाज्ञा लागू
गरिएका जिल्लामा थप कडाई गर्दै निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने नि’र्णय लिइएको हो।यस्तै बैठकले संघीय मन्त्रीहरुलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको समितिले जनाएको छ।श्रोत:कान्तिपुर